शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद

बाढीले बगर बनाएको च्यासल खेल मैदान मर्मत गर्न तत्काल दुई करोड लाग्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
बाढीले बगर बनाएको च्यासल खेल मैदान मर्मत गर्न तत्काल दुई करोड लाग्ने
फाइल फोटो
ललितपुर, माघ २४ :

गत असोजमा बाढीले बगरमा परिणत बनाएको ललितपुर महानगरपालिका- ९ मा रहेको च्यासल खेल मैदान मर्मतका लागि तत्काल दुई करोड आवश्यक पर्ने भएको छ ।

मनोहरा खोला किनारमा रहेको च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन लागि तत्काल दुई करोड लाग्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले बताए । बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेको उनले जानकारी दिए ।

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका- ९  वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरू मौन रहेको उनको भनाइ छ । खेलकुद परिषद्सँग १० लाख माग गरेका  तर हालसम्म निर्णय नभएको उनले सुनाए । 

ललितपुर महानगरपालिका- ९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन् । दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले  २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार