मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

एकीकृत निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न संसदीय समितिको निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
एकीकृत निर्वाचनसम्बन्धी विधेयक संसद्‌मा पेस गर्न संसदीय समितिको निर्देशन
काठमाडौं, माघ २४ :

एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्‌मा यथाशीघ्र पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्‌मा यथाशीघ्र पेस गर्न सरकारलाई बुधबार निर्देशन दिएको हो ।

बैठकपछि सरकारलाई निर्देशन दिँदै समिति सभापति सोनाम गेल्जेन शेर्पाले समितिले निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने निर्णय गरेको बताए । ‘एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसद्‌मा यथाशीघ्र पेस गर्न नेपाल सरकारलाई निर्देशन दिने,’ उनले भने, ‘निर्वाचन आयोग नेपालको रिक्त निर्वाचन आयुक्त पदमा यथाशीघ्र नियुक्ति गर्न निर्देशन दिने ।’

समितिले बुधबारको बैकठमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणासम्बन्धी छलफल गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार