मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

अध्यादेश अस्वीकार गर्नेका तर्फबाट सामूहिक प्रस्ताव पेस हुने, हरेकलाई ३/३ मिनेट बोल्न दिइने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ माघ, २०८१ मा प्रकाशित
अध्यादेश अस्वीकार गर्नेका तर्फबाट सामूहिक प्रस्ताव पेस हुने, हरेकलाई ३/३ मिनेट बोल्न दिइने
काठमाडौं, माघ २४ :

प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुका तर्फबाट एकजनाले सामूहिक रुपमा प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको छ ।

अस्वीकार गर्ने सांसदहरुका तर्फबाट एकजना प्रस्तावक बनेर अध्यादेश अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए ।

सभामुखसँगको छलफलपछि बुधबार सञ्चारकर्मीहरुसँग उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन/तीन मिनेटको समय छुट्याइएको पनि जानकारी दिए ।

‘भोलिको संसद्‌ बैठकमा पेस गर्ने कार्यसूचीका बारेमा छलफल भयो । सर्वसम्मतिले ती विषयहरु तय भएको छ । अध्यादेश प्रस्तुत गर्ने कुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरुको सामूहिक रुपमा परेको प्रस्तावमा एकजनाले प्रस्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र ३/३ मिनेट मान्यज्यूहरुले राख्ने, भोटिङ सामूहिक रुपमा जुनजुन प्रस्तुतकर्ता सांसदज्यूहरु हुनुहुन्छ, सामूहिक भोटिङ हुन्छ,’ उनले भने ।

संसद्‌को बैठकमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि उनले जनाए । उनले प्रतिपक्ष दलको नेताले सम्बोधन गर्नुका साथै विशेष समय पनि राखिएको जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार