बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

तराईमा हुस्सु र कुहिरो, दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ माघ, २०८१ मा प्रकाशित
तराईमा हुस्सु र कुहिरो, दिउँसो पहाडी क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना
काठमाडौँ, माघ २५ :

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका भू- भागहरुमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने  महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा बिहानीपख तराईका भू- भागहरूमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार