
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।
संसद् भवन नयाँबानेश्वरमा जारी बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुका साथै ‘विधायन विधेयक पारित गरियोस्’ भनी प्रस्ताव गर्ने कार्यसूची छ ।
यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
हेर्नुहोस् प्रतिनिधिसभाको बैठकको लाइभ :