काठमाडौं, माघ २६ :
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त गरेका छन् ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले शुक्रबार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
मन्त्री अधिकारीले छिटै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे । सरकारले भूमि क्षेत्रका समस्याहरुलाई दिगो रुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ । शुक्रबार नियुक्त भएका सदस्यहरुको विवरण यसै साथ राखिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
तीनकुने घटनामा सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको मानव अधिकार आयोगको निष्कर्ष
भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई
चाडपर्व विशेष सुरक्षा : सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
ललितपुर प्रहरीद्वारा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु
थप समाचार