
प्रतीकात्मक तस्बिर ।
झापा, माघ २६ :
१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका ९, खाते बस्ने २१ वर्षीय सञ्जीव आचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सञ्जीवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा घोडामाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।