काठमाडौँ, माघ २८ :

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ । 

कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो । तीन सय १३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।

शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा गत बिहीबार बसेको समितिको बैठकले सामुदायिक विद्यालयलाई ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने निर्णय गरेसँगै बोर्ड खरिद गरिएको कामपाले जनाएको छ ।