बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश कर्णाली प्रदेश

सल्यान महोत्सव स्थलमा आगो लाग्यो, करोडौं मूल्य बराबरको सामान नष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ माघ, २०८१ मा प्रकाशित
सल्यान महोत्सव स्थलमा आगो लाग्यो, करोडौं मूल्य बराबरको सामान नष्ट
प्रतीकात्मक तस्बिर ।
सल्यान, माघ २८ :

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेकाे दोस्रो बृहत् सल्यान महोत्सव स्थलमा आगलागी भएको छ ।

आठ दिनदेखि जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान नष्ट भएका छन् । १८ गतेबाट जारी महोत्सवमा गएराति आठौं दिन आगलागी भएको हो ।

महोत्सवमा राखिएका १३५ स्टलमध्ये ८० स्टलमा आगजनी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जनाए । उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिए पनि थप विवरण आउन बाँकी छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा राति नै आगो नियन्त्रणमा लिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार