
माघ ३० :
काठमाडौं विश्वविद्यालय(केयू)को उपकुलपतिका लागि १० जना प्राध्यापक सर्टलिस्टमा छानिएका छन् ।
केयूको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्वीकृत आवेदनबाट १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो।
शैक्षिक योग्यता, प्राध्यापक र नेतृत्वको अनुभव, पुस्तक, जर्नल प्रकाशन र अनुसन्धानमा ३० अंक विभाजन गरिएको छ। ७० पूर्णाङ्कमा सर्टलिस्टमा परेकाहरू उम्मेदवारहरूको सोचपत्र, कार्ययोजना र अन्तर्वार्तामा मूल्याकन हुनेछ। सोचपत्र र कार्ययोजनाको प्रस्तुतीकरण फागुन २ र अन्तर्वार्ता ३ गते हुने समितिले जनाएको छ
त्यहाँबाट उच्च अंक ल्याउने ३ जनाको नाम प्रधानमन्त्री तथा कुलपतिलाई सिफारिस गर्ने र एक जना नियुक्त गर्ने व्यवस्था गरिएको छ।कार्यविधि जारी गरेर प्रतिस्पर्धाबाट उपकुलपति चयन गर्न लागिएको यो पहिलो पटक हो।