शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति प्रदेश कोसी प्रदेश

संविधान संशोधनमा साना दलको पनि साथ लिनुपर्छ-नेता कोइराला

· शुक्रबार, १ भदौ, २०८१ मा प्रकाशित
संविधान संशोधनमा साना दलको पनि साथ लिनुपर्छ-नेता कोइराला
भदौ १ :

नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले संबिधान संसोधनमा सवै दललाई साथ लिनुपर्ने बताउनु भएको छ ।

मोरङको आज आयोजित कार्यक्रममा नेता कोइरालाले २ तिहाईको आडमा साना दलहरुलाई वेवास्ता गरेर संविधान संशोधन गर्न नहुने उल्लेख गर्नुभएको हो ।

नेता कोइरालाले संविधान संशोधनमा खर्चिलो जनमत संग्रहतर्फ नगई दलहरुबीच सहमती कायम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेता कोइरालाले भ्रष्ट्राचार जस्तो बिषयलाई हदम्याद राखेर छानवीन गर्न नहुेन स्पष्ट पार्नुभयो । तर नीजि क्षेत्रमा अख्तियारलाई प्रवेश दिँदा अख्तियारीको नाममा विकृती आउने उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार