आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार स्वास्थ्य

स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ फागुन, २०८१ मा प्रकाशित
स्वास्थ्य उपकरण खरिदमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय
काठमाडौं, फागुन १ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रस्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको बुधबार जारी प्रेस विज्ञप्तिमा छ ।

प्रवक्ता डा. प्रकाश बुढाथोकीलद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानुनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरु नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावनाविपरीत रहेको उल्लेख छ ।

विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनियताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ ।

यसैबीच, स्वास्थ्य सेवा विभागले समेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भइनसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसारै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार