मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
प्रदेश गण्डकी प्रदेश

डाँडाखेतमा ‘सबस्टेसन’ निर्माण अन्तिम चरणमा, उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
डाँडाखेतमा ‘सबस्टेसन’ निर्माण अन्तिम चरणमा, उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोडिने
म्याग्दी, फागुन २ :

म्याग्दीको मालिका गाउँपालिका- ७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

नेपाल विद्युत प्राधिकरणद्वारा सञ्चालित डाडाखेत- राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । 

म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सवस्टेशन निर्माण गरिएको हो । 

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सवस्टेशनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बर्ताए । पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/ ३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न थालिएको छ । 

डाडाखेत देखि रघुगङ्ग गाउँपालिका- ३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । 

गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार