.jpg)
काठमाडौं, फागुन २ :
स्वर्गद्वारी गुठी पीडित र सरकारीबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
आन्दोलनरत पक्षका वार्ता टोलीका संयोजक प्रविन दहित थारूले बिहीबार भएको वार्तामा सरकार समस्या समाधानका लागि गम्भीर नबनेको आरोप लगाए ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका सहसचिवसमेत रहेका थारूले भोलिदेखि नै आन्दोलनलाई सशक्त रुपमा अघि बढाउने चेतावनी दिए । स्वर्गद्वारी गुठीपीडितहरु एक सातादेखि काठमाडौँमा रहेर आन्दोलन गर्दै आएका छन्।
सरकारले उनीहरूसँग वार्ता गर्न सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियो ।