शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बालमन्दिरको जग्गा हिनामिना : आयोगले थाल्यो अनुसन्धान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
बालमन्दिरको जग्गा हिनामिना : आयोगले थाल्यो अनुसन्धान
काठमाडौं, फागुन ३ :

नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा भएको अनियमितताका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन तथा अनुसन्धान सुरु गरेको छ ।

आयोगले स्व-विवेकीय क्षेत्राधिकार प्रयोग गरी अनुसन्धान लागिएको पनि जनाएको छ । संगठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा उनीमाथि मुद्दा नचलाउने भनेर सरकारी वकिल कार्यालय काठमाडौंले निर्णय गरेको भन्ने विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अनुसन्धानका लागि आयोगले उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार आयोगका प्रवक्ता एवं सहसचिव टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार