
दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका ४, जुम्लेकुलाका २२ वर्षीय चन्द्रप्रसाद नाथ पक्राउ परेका छन् । प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
चन्द्रप्रसादले ती बालिकालाई सोही गाउँपालिका ४, बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी रूपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा देवदह नगरपालिका ३, गौरी टोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् ।
उनीहरूले ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।