.jpg)
सातौं नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट एक्स्पो सुरु भएको हो । एक्स्पो आइतबार (४ गते) सम्म रहनेछ । मेलामा नेपालभित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल छन् ।
कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि, फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिले संयुक्त रुपमा सातौं नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो आयोजना गरेको हो ।
प्रदर्शनीमा एक सय बढी स्टल स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले प्रदर्शनीले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने पनि उल्लेख गरे ।
उनले साना-साना औजार, मेसिन तथा पशुपालन उद्योगमा प्रयोग हुने उपकरणहरु प्रदर्शनीमा राखिएको बताए । उनले नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोसेढुंगा साबित हुने बताए । प्रबन्ध निर्देशक भट्टराईका अनुसार प्रदर्शनीमा सबैलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
हेरौं थप तस्बिर :
- न्युज एजेन्सी नेपाल