बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

४ जना मृत भेटिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
४ जना मृत भेटिए
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, फागुन ३ :

मोरङ, लमजुङ, पर्सा र डोल्पामा भएका छुट्टाछुट्टै घटनामा चारजना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका ३, पशु हटियास्थित हटियाको सटरछेउको पिँढीमा पथरीशनिश्चरे भातेगौंडा घर भएका ५० वर्षीय गोपाल विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका ९, घुमाउनेस्थित बेली कृषि फर्मको खोंचमा राईनास नगरपालिका ९ साउनेपानी घर भएका ४६ वर्षीय उमेश विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको ठोरी गाउँपालिका ३, ओडारस्थित ओडार खोलामा सोही गाउँपालिका २, बर्मानगर बस्ने ७६ वर्षीय हस्तबहादुर श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

डोल्पाको ठुली भेरी नगरपालिका ३, जगत पुलनजिक ठुली भेरी नदीको किनारमा त्रिपुरासुन्दरी नगरपालिका ४, रंग घर भई ठुली भेरी नगरपालका ३, मेलसेरामा डेरा गरी बस्ने २४ वर्षीय विवश बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार