मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
प्रदेश गण्डकी प्रदेश

तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन
तनहुँ, फागुन ४ :

भूमि समस्या समाधान आयोगले तनहुँमा २६ हजार बढी भूमिहीनको लगत सङ्कलन गरेको छ । 

यसअघि गठन भएको आयोगले २६ हजार एक सय १७ भूमिहीनको लगत सङ्कलन गरेको र हाल गठन भएको आयोगले सोही विवरणको आधारमा कामलाई अगाडि बढाउने तयारी गरेको छ । 

आयोगका सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख विजय सिंहले जिल्लाका १० स्थानीय तहका २६ हजार एक सय १७ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्ने कार्य सकिएको जानकारी दिए । त्यस्तै छ हजार सात सय ७३ कित्तामा नाप नक्सा भइसकेको उनले बताए । उनका अनुसार छ सय २४ हेक्टर क्षेत्रफलको नाप नक्सा कार्य सकिएको छ । 

त्यस्तै १३ जनालाई लालपुर्जा नै वितरण भइसकेको सदस्य सचिव सिंहले बताए । आयोगले विगतमा गरेका कामलाई नै वर्तमान आयोगले निरन्तरता दिने सिंहको भनाइ छ ।

व्यास नगरपालिकामा सात हजार ४३, भानु नगरपालिकामा तीन हजार तीन सय १७, शुक्लागण्डकी नगरपालिकामा चार हजार चार सय तीन, देवघाट गाउँपालिकामा दुई हजार तीन सय ४४, भीमाद नगरपालिकामा एक हजार आठ सय ६१, ऋषिङ गाउँपालिकामा एक हजार चार सय ३९, घिरिङ गाउँपालिकामा एक हजार पाँच सय २०, म्याग्दे गाउँपालिकामा एक हजार दुई सय ६७, आँबुखैरेनी गाउँपालिकामा आठ सय ९३ र बन्दीपुर गाउँपालिकामा दुई हजार ३० भूमिहीनको लगत सङ्कलन भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार