मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कोसी प्रदेश

प्रहरी कार्यालयभित्रै मृत भेटिए सई खतिवडा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ५ फागुन, २०८१ मा प्रकाशित
प्रहरी कार्यालयभित्रै मृत भेटिए सई खतिवडा
विराटनगर, फागुन ५ :

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई)  कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका छन् ।  ४९ वर्षीय सई धनराज खतिवडा भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको फलामको भर्‍याङमा नाइलनको डोरीले झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा-४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार