बाँके, फागुन ५ :

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नरैनापुर गाउँपालिका ५, सर्वराजपुर्वाका ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।