बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश बागमती प्रदेश

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ
बागमती, फागुन ६ :

सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१- ८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । 

सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए ।

पूर्व- पश्चिम राजमार्गमा जडान गरिएको सिसिटिभी र रिडर गणबाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आर्थिक वर्ष २०८१- ८२ को सात महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

यस्तै सो अवधिमा बागमती प्रदेशको १० वटा जिल्लामा भएको एक हजार दुई ५६ सवारी दुर्घटनामा एक सय ७० जनाको मृत्यु भएको छ भने चार सय ६३ जना घाइते भएको कार्यालयले जनाएको छ । 

क्षमता भन्दा बढी यात्रु बोक्ने, तीव्रगतिमा सवारी चलाउने, बिना हेलमेट र तीन जना सवार भएर मोटरसाइकल चलाउने प्रवृत्ति बढेकोले राजमार्ग तथा अन्य सहायक मार्गमासमेत सवारी जाँचमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक खाणले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार