बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश मधेस प्रदेश

प्रकृति दोहनले मानव जीवन सङ्कटमा पर्न थालेकोमा पूर्वराष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
प्रकृति दोहनले मानव जीवन सङ्कटमा पर्न थालेकोमा पूर्वराष्ट्रपति यादवद्वारा चिन्ता व्यक्त
धनुषा, फागुन ६ :

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् ।

आज जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

पूर्वराष्ट्रपति यादवले भने, “यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ, खाद्यान्नको सङ्कट हुने खतरा छ ।”  चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरूरी रहेको उनको भनाइ छ ।

पूर्व राष्ट्रपति यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता जनाए ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चालु आर्थिक वर्षमा सिँचाइका लागि दुई अर्ब १५ करोडको ‘टेन्डर’ गरिएको जानकारी दिए । मधेस प्रदेश सरकारले स्वास्थ्य तथा प्राकृतिक स्रोतको दोहनमा देखिएको अवैध क्रियाकलाप रोक्न पनि उनले आग्रह गरे ।

मुख्यमन्त्री सिंहले डेढ अर्बको स्यालो ट्युबवेल जडानले थप ६० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्ने बताउँदै प्रदेश सरकारले सडक सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेका कारणले मधेस प्रदेशमा ५० प्रतिशतले सवारी दुर्घटनामा कमी आएको बताए ।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले राजनीतिक ठीक ठाउँमा नआएसम्म मुलुकको विकास तथा समृद्धिको यात्रा तय गर्न कठिन हुने उल्लेख गरे ।

चिकित्सक डा. ओम अनिल मूर्तिले मानव जीवनका लागि हावा, पानी, माटो, वायुको संरक्षण र सन्तुलन नभएको खण्डमा मानव जीवन नै सङ्कटमा पर्ने भएकाले मानवले यी चार विषयमा प्रभाव पार्ने काम गर्न नहुनेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार