बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

लेबनानमा नयाँ डेपुटी फोर्स कमान्डरको जिम्मेवारी सहायक रथी महराले सम्हाल्ने

आक्रमणमा परेका उपरथी ढकाल डिस्चार्ज
· सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
लेबनानमा नयाँ डेपुटी फोर्स कमान्डरको जिम्मेवारी सहायक रथी महराले सम्हाल्ने
काठमाडौं, फागुन ६ :

संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तरगत युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मा नेपाली सेनाका सहायक रथी मानबहादुर महरा नयाँ डेपुटी फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनले उपरथी चोकबहादुर ढकालको स्थानमा जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

उपरथी चोकबहादुर ढकालले आफ्नो दुई वर्षे कार्यकाल सकेर शनिबार स्वदेश फर्किन लागेको बेला प्रदर्शनकारीहरूले मध्यराति उनको गाडीमा आक्रमण गरेका थिए । प्रदर्शनकारीहरूले गाडीलाई रोक्दै ढकाललाई बाहिर निकालेर कुटपिट गरेका थिए । जसका कारण उनलाई टाउकोमा चोट लागेको थियो । त्यस क्रममा गाडीमा रहेका अन्य चार नेपाली शान्ति सैनिकहरू पनि सामान्य घाइते भएका थिए ।

घटनापछि लेबनानी सेनाले ढकाललाई उद्धार गरी यूएनको लेभल थ्री अस्पताल, बेरुतमा उपचारका लागि लगेको थियो । अस्पतालबाट आइतबार उनलाई डिस्चार्ज गरिएको छ । ढकाल अब स्वदेश फर्कने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए ।

यस घटनापछि, लेबनानको सरकारी अधिकारीहरूले आक्रमणमा संलग्न कम्तिमा २५ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएका छन् । हाल नेपाली सेनाका ५,९१८ सैनिक ११ विभिन्न मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार