
काठमाडौँ, साउन ११ : काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहनुभएका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताउनुभयो । उहाँले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताउनुभयो । ढाडको हड्डी भाँचिएकाले पूर्णतया आराममा राखिएको उहाँले बताउनुभयो । घर परिवारका बाहेक अन्यलाई भेटन दिईएको छैन ।
यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते हुनुभएको थियो ।