काठमाडौं, फागुन ८ :

काठमाडौंको कालीमाटी तरकारी बजारमा एक जना मजदुर मृत फेला परेका छन् ।  मृत अवस्थामा बुधबार बिहान फेला परेका ४१ वर्षीय रामकृष्ण दाहालको शरीरमा चोटपटक देखिएकाे हुँदा हत्या भएको आशंका प्रहरीले गरेको छ ।

उनको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार, मकवानपुरका निवासी दाहाल तरकारी बजारमा भारी बोक्ने काम गर्थे।

बिहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए। प्रारम्भिक अनुमान अनुसार, कुटपिटबाट दाहालको हत्या भएको हो।

पक्राउ परेका चार जनासमेत तरकारी बजारमा काम गर्ने र सँगै बस्ने व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।कालीमाटी प्रहरी वृत्त र अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।