शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति भिडियो

आरक्षणको सवालमा नेपाल अगाडि छ : देउवा

‘३३ प्रतिशत महिला आरक्षण थोरै देशमा मात्र छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
आरक्षणको सवालमा नेपाल अगाडि छ :  देउवा
ललितपुर, फागुन ८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरक्षणको विषयमा नेपाल अग्रणी रहेको दाबी गरेका छन्। 

बुधबार (आज)देखि प्रारम्भ भएको प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले ३३ प्रतिशत महिला आरक्षणको प्रावधान संसारका थोरै देशमा मात्र रहेको बताए।

देउवाले आफ्नो पार्टीलाई पूर्ण समावेशी बताउँदै, यसले देशको समावेशीकरणमा पनि ठुलो भूमिका खेलेको उल्लेख गरे। उनका अनुसार, नेपाली कांग्रेस मात्र नभई नेपाल नै समावेशी समाजको रुपमा अघि बढिरहेको छ।

२५ वर्षपछि आयोजना भएको नेपाली कांग्रेसको भ्रातृ संस्था, प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजदेखि १० गतेसम्म सञ्चालन हुने छ। देउवाले महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरे।

स्मरणीय छ, २०५३ सालमा पहिलोपटक प्रजातन्त्र सेनानी संघको अधिवेशन सम्पन्न भएको थियो र त्यसपछि आजसम्म चार जना अध्यक्ष चयन भएका छन्। संस्थापक अध्यक्ष कमल चित्रकारपछि तदर्थ समितिको नेतृत्वमा संस्था सञ्चालन हुँदै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार