
काठमाडौँ, फागुन ९ :
संविधानसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ ।
काभ्रेकाे मन्डनदेउपुर नगरपालिका ७, नौबिसेका ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) बिहान निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए ।
उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् ।