
धरान, फागुन १० :
राष्ट्रपति रामचन्द्र पौडेल आज धरान जाँदै छन्। राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटन गर्न उनी नेपाली सेनाको हेलिकोप्टरबाट त्यसतर्फ जान लागेका हुन् ।
धरान- ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम रहेको छ।
३ करोड १५ लाखको लागतमा निर्मित १६ कोठे उक्त धर्मशाला उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।