काठमाडौं, फागुन १० :

चितवनको भरतपुर महानगरपालिका ३, पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका एक ज्येष्ठ नागरिकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

भरतपुर २, आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी पुलबाट नारायणी नदीमा हामफालेका थिए । नम्बर १७  गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइआरटी) ले अधिकारीको सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार अधिकारीलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो ।