काठमाडौँ, फागुन ११ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिस्ट बाट बाहिर निस्कने बताएका छन् ।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिस्टमा राखेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अर्थमन्त्री पौडेलले विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको स्वीकार गरे ।

पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ । ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर निर्धारित समय अगावै ‘ग्रे लिस्ट बाट बाहिर निस्कने उनको भनाइ थियो ।