
इलाम, फागुन ११ :
इलामको रोङ गाउँपालिका ३, हाँसपोखरीमा टिपरको ठक्करबाट बाबुछोराको मृत्यु भएको छ ।
झापाबाट इलाम आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको टिपरले ठक्कर दिँदा सख्त घाइते भएका सूर्योदय नगरपालिका ६, फाजिगाउँका ७० वर्षीय पवनकुमार राई र उनका छोरा ४० वर्षीय दीर्घराज राईको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकलमा यात्रारत बाबुछोरालाई को.१ख ६४६२ नम्बरको टिपरले ठक्कर दिएको थियो । सख्त घाइते भएका उनीहरुलाई तत्काल बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकामा आज (शनिबार) उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाम माइजोगमाई गाउँपालिका २ का टिपर चालक खगेन्द्र थामीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।