आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति लुम्बिनी प्रदेश

कांग्रेस कुनै ‘बा’ को पार्टी होइन, नेतालाई प्रश्न गर्न पाइन्छ : गगन थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
कांग्रेस कुनै ‘बा’ को पार्टी होइन, नेतालाई प्रश्न गर्न पाइन्छ : गगन थापा
फाइल फोटो ।
सल्यान, फागुन ११ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेताहरूलाई खुलस्त प्रश्न गर्ने अधिकार रहेको स्पष्ट पारेका छन् । सल्यानमा शनिबार आयोजित पार्टी सभामा उनले पार्टीभित्र प्रश्न उठाउनु लोकतान्त्रिक अभ्यास भएको बताउँदै, नेताविरुद्धको अनावश्यक आरोपको प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे ।

'कांग्रेस कुनै बा को पार्टी होइन, जहाँ प्रश्न उठाउनेलाई निष्कासन गरिन्छ,’ थापाले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि प्रश्न उठाउने नेतालाई निष्कासन गरेको परिप्रेक्ष्यमा थापाले कांग्रेस लोकतान्त्रिक मूल्य र प्रश्नको अधिकारमा अडिग रहेको बताए ।

त्यस्तै, उनले मुलुकको परराष्ट्र नीति निर्माणका लागि पार्टीले पहलकदमी लिनुपर्ने आवश्यकता औंल्याउँदै, सरकारमा रहेका र बाहिर रहेका दलहरूसँग छलफल गरी नीति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । महामन्त्री थापाले अब बहसलाई समस्यामुखी होइन, समाधानमुखी बनाउनु पर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार