बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश कोसी प्रदेश

वीरेन्द्र चोकमा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप,७ घाईते

· शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
वीरेन्द्र चोकमा आन्दोलनरत पक्ष र प्रहरी बिच झडप,७ घाईते
ताप्लेजुङ, फागुन ११ :

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलरत पक्ष र प्रहरी बिच आज साँझ झडप भएको छ । 

झडपमा ५ जना नेपाल  प्रहरी र दुई आन्दोलनकारी घाईते भएको जनाईएको छ । राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको  प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताएका छन् ।  नो केबलकार पक्षले बीरेन्द्र चोकमा राँके जुलुस निकालेपछि थप क्षति हुन नदिनका लागि राँके जुलुसलाई नियन्त्रण लिने प्रयास गर्दा प्रहरी माथि नै लाठी र ढुङ्गा प्रहार भएको थियो ।  घाईतेको यकिन विवरण अझै आउन बाकी छ । 

 

नो केबालकार समुहका आन्दोलनरत पक्ष काफ्लेपाटीको आन्दोलन पछि आज सदरमुकाम फुङलिङ झरेका थिए । सोहि क्रममा आन्दोलनरत पक्षले फुङलिङ बजारमा शन्तिपूर्ण र्याली पर्दशन गर्दै वीरेन्द्र चोक पुगी उक्त र्याली राँके जुलुसमा परिणत भएको थियो । 

झडपका क्रममा आन्दोलनरत पक्षले फुङलिङ नगरपालिका वडा नं ५ वीरेन्द्रचोकका केही घरमा राँके जुलुसमा प्रयोग गरेका आगोका पुल्ठो घरतर्फ फ्याकेका थिए ।

यस अघि बिहिबार काफ्लेपाटीमा भएको झडपमा प्रहरी सहित १४ घाईते भएका थिए भने गत माघ १२ गते भएको झडपमा प्रहरी सहित २४ घाईते भएका थिए । पाथीभरामा केबलकारको विषयलाई लिएर पटक पटक झडप भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार