बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश कोसी प्रदेश खेलकुद फुटबल

इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

· शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई
धरान, फागुन ११ :

पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेट इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ ।

आज उपाधिका लागि इटहरी रङ्गशालामा मोरङको सगरमाथा युथ क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच भएको खेलमा सगरमाथा युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले उपाधि जितेको हो ।

मच्छिन्द्र क्लबका खेलाडी मल्लिक हिसुबले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ८५औँ मिनेटमा ओमोलाजा नुरेन हरेनले गोल गरेका थिए त्यही गोल निर्णायक बन्न पुग्यो ।

यो उपाधिसँगै मच्छिन्द्र क्लबले रु १० लाख पुरस्कार र उपविजेता सगरमाथाले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की घोषित भएका छन् । उनलाई नगद रु एक लाख पुरस्कार प्रदान गरिएको छ ।

आजको खेलको ‘म्यान अफ दी म्याच’ सगरमाथा युथ क्लबका कप्तान अशोक खवास घोषित हुँदै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार