बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
प्रदेश गण्डकी प्रदेश

नौ वर्षपछि पिप्ले- भगवती खानेपानी योजना कार्यान्वयनको चरणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
नौ वर्षपछि पिप्ले- भगवती खानेपानी योजना कार्यान्वयनको चरणमा
म्याग्दी, फागुन १२ :

रघुगङ्गा गाउँपालिका- २ र ३ का दुई हजार चार सय बढी घरपरिवारमा खानेपानी सुविधा विस्तारका लागि प्रस्तावित बृहत् पिप्ले- भगवती खानेपानी आयोजना वार्षिक कार्यक्रममा समावेश हुन थालेको नौ वर्षपछि कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।

आर्थिक वर्ष २०७३र ७४ देखि सङ्घीय सरकारको वार्षिक कार्यक्रममा समावेश हुन थालेको यस योजनालाई खानेपानी मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले चालु आव २०८१- ८२ मा बहुवर्षीय ठेक्का लगाउन स्रोत सहमति दिएपछि कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

सांसद खमबहादुर गर्बुजा (खम्बिर)ले चालु आवमा ५० लाख बजेट विनियोजन भएको बृहत् पिप्ले- भगवती खानेपानी योजनाका लागि अर्थ मन्त्रालयले रु १० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाउन सहमति दिएको जानकारी दिए ।

अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का आह्वानको तयारी गरेको उनले बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार