
गुल्मी, फागुन १२ :
रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ ।
विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो ।
एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई स्थगन भएको हो ।
साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो ।
जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौँमा रहेको छ । प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए ।