मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार

बाटोमा गिटी खसाल्ने मिक्स्चरलाई ललितपुर महानगरले तिरायो ३० हजार जरिवाना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
बाटोमा गिटी खसाल्ने मिक्स्चरलाई ललितपुर महानगरले तिरायो ३० हजार जरिवाना
ललितपुर, फागुन १२ :

ललितपुर महानगरपालिकाले सडक र सहरको सरसफाईमा विशेष ध्यान दिएर नै होला आफूलाई सुन्दर सहरको रुपमा परिचित गराएको छ । 

सडक होस् अथवा कुनै पनि सार्वजनिक स्थानमा फोहोर गर्नेलाई ठाउँको ठाउँ जरिबाना तिराएर सहरको सुन्दरतामा कसैसँग पनि सम्झौता गर्दैन भन्ने महानगरको नीति रहेको स्पष्ट हुन्छ ।

यसैक्रममा ललितपुर महानगरपालिकाले नख्खुको बाटोमा गिट्टी खसाल्ने मिक्स्चरलाई ३० हजार रुपैयाँ जरिवाना गराएको छ । ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार नख्खुमा मिक्स्चरले गिट्टी खसाली फोहोर गरेकोमा सन्जोक केसीलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

ललितपुर महानगरले चुपचाप शैलीमा सडकलाई सफा र सुन्दर बनाएको छ । यहाँको सडकपेटी हरियाली र बगैँचा जस्तो देखिन्छ । समय-समयमा टयाङ्‍करबाट पानी ल्याएर बोट-बिरुवाका पातमा लागेका धुलो सफा गर्ने गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार