बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार अर्थतन्त्र

निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
निर्माण व्यवसायीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघको माग
काठमाडौं, फागुन १२ :

निर्माण व्यवसायीहरूको सुरक्षाका विषयमा सरकार अझै गम्भीर नभएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण व्यवसायीहरूको सुरक्षाका बारेमा मुलुकका सरोकारवाला सबै निकायलाई बारम्बार आग्रह गर्दै आए पनि निर्माण व्यवसायीमाथिको भौतिक आक्रमणका घटनामा कुनै कमी नआएको महासंघको भनाइ छ ।

एकदुम्जा-मरिनखोला-कपिलकोट-लालबन्दी सडक, सिन्धुलीको निर्माण कार्यस्थलमा श्रीजयन्ती-बिरुवा-ड्रागन जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र कोइरालामाथि अज्ञात समूहबाट हातहतियार सहित आक्रमण गरी सख्त घाइते बनाइएको महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गरी घटनाको कडा शब्दमा भत्सर्ना गर्दै घटनाप्रति खेद समेत व्यक्त गरेका छन् । उक्त आक्रमणमा संलग्नलाई तत्काल कानुनी कठघरामा ल्याई कारबाही गरी, पीडितलाई क्षतिपूर्ति दिन तथा देशभरका निर्माण व्यवसायीहरूसहित उनीहरूका उपकरणको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन महासंघले नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

निर्माण व्यवसायीहरूमाथि हुने यस किसिमका दण्डनीय अपराधमा संलग्नलाई कारबाही नगरिए देशभरका निर्माण कार्य ठप्प पारी पेसागत सुरक्षाका लागि महासंघ आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार