काठमाडौं, फागुन १२ :

चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीच खेल भइरहेको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदमसम्म दुवै टोलीले २-२ गोलको रोमाञ्चक बराबरी खेलेका छन् । 

११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले गोल गरेकी हुन् भने  ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकिएको छ । 

खेलको पाँचौं मिनेटमै म्यानमारले अग्रता लिएको थियो। फ्रिककमार्फत म्याथ नोइले गरेको प्रहार गोलमा परिणत भयो। ११औं मिनेटमा सविता रानागरले नेपाललाई खेलमा फर्काएकी थिइन्। सावित्रा भण्डारीले दिएको क्रसलाई अनमार्क सविताले सहजै गोल गरेकी थिइन्।

तर, उक्त अग्रता लामो समयसम्म टिक्न सकेन। १६औं मिनेटमा पुन: म्यानमारले अग्रता लियो। तर, ४१औं मिनेटमा सावित्राले नेपाललाई खेलमा फर्काइन्। प्रीति राईले निकाल्दिएको पासमा सावित्राले बराबरी गोल गरेका हुन्। उनको यो ५८औं अन्तर्राष्ट्रिय गोल हो। अहिले दोस्रो हाफको खेल चलिरहेको छ ।