काठमाडौं, फागुन १२ :

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम लिग खेलमा आइतबार नेपालले म्यानमारसँग २–२ को बराबरी खेलेको छ ।

दशरथ रंगशालामा भएको निर्धारित समयसम्मको खेलमा दुवैको बराबरी गोल भएको छ। दुवै टिम अपराजित हुँदै समान ७/७ अंक बनाएका छन् । यद्यपि गोल अन्तरले म्यानमार नेपालभन्दा अगाडि रहेको छ ।

म्यानमारले छैटौं मिनेटमा पहिलो मिनेटमा पहिलो गोल गरेको थियो । म्याट नोइ खिनले फ्रि किकबाट यो गोल गरेकी हुन् । त्यसपछि सविता रानागमरले ११ औं मिनेटमा बराबरी गोल फर्काइन् । सावित्रा भण्डारीले सिर्जना गरेको अवसरमा उनले सजिलै गोल गरेकी हुन् ।

११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले गोल गरेकी हुन् भने  ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । त्यसपछि भएको खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।   यी दुवै टोलीबीचको फाइनल खेल बुधबार हुनेछ ।