मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल #नेपाल उद्योग वाणिज्य महासंघ#पुनरुत्थान योजना#कांग्रेसको १५औँ महाधिवेशन#उम्मेदवारी दर्ता#अग्रिम टिकट बुकिङ खुला#कुलमान घिसिङ#उज्यालो नेपाल पार्टी#रावल आयोगको प्रतिवेदन#सुनिल लम्साल#रसुवा बाढी#विनोद चौधरी#उपसभापतिमा उम्मेदवारी#किशोरसिंह राठौर#सोविता गौतम#बाढीमा बेपत्ता व्यक्ति#कानुन संशोधनको तयारी#सभामुख डोलप्रसाद अर्याल
समाचार भिडियो

पोखरी वरिपरिका अनधिकृत संरक्षण ललितपुर महानगरले डोजर लगाएर भत्कायो [भिडियो/तस्बिर]

वडा कार्यालयसहित अनधिकृत भवनहरू भत्काइयो
दिलमन्यु सिल्वाल · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
पोखरी वरिपरिका अनधिकृत संरक्षण ललितपुर महानगरले डोजर लगाएर भत्कायो [भिडियो/तस्बिर]
ललितपुर, फागुन १३ :

ललितपुर महानगरपालिकाले सोमबार बिहान ऐतिहासिक सम्पदा न्हुँ पोखरीको संरक्षण र पुनर्निर्माणका लागि डोजर चलाएको छ।

ललितपुर-५ स्थित न्हुँ पोखरी क्षेत्रको संरक्षण र विस्तारका लागि अनधिकृत संरचनाहरू हटाइएको हो। यस क्रममा ५ नम्बर वडा कार्यालयसहित अन्य अस्थायी तथा अनधिकृत भवनहरू भत्काइएका छन्।

ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाच्छेथुले यस कार्यको उद्देश्य पोखरी क्षेत्रको ऐतिहासिक महत्व पुन: स्थापित गर्न र न्हु पोखरीको संरक्षण गर्नु रहेको बताए ।

‘त्यहाँ एक ऐतिहासिक पोखरी छ, तर धेरैलाई यसको बारेमा थाहा छैन,उनले भने,‘त्यसलाई पुनर्निर्माण गर्नका लागि अस्थायी र अनधिकृत संरचनाहरू हटाउन आवश्यक भएको हो।’

ललितपुर महानगरपालिकाले पोखरीको अगाडिका घरटहराहरू भत्काएर न्हु पोखरीलाई संरक्षित गर्ने प्रयासमा जुटेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले न्हुँ पोखरी क्षेत्र संरक्षणका लागि अनधिकृत संरचना हटाएको दाबी गर्छन् । ‘न्हुँ पोखरी क्षेत्र संरक्षण र विस्तारका लागि अनधिकृत संरचनाहरू हटायौं,’ उनले भने । 

महानगरपालिकाले डोजरको प्रयोग गरेर अनधिकृत संरचनाहरू हटाएको हो। अनधिकृत संरचना भत्काउँदा धुलो उडेर वातावरण प्रदूषण हुन नदिन डोजरसँगै पानीको फोहोरा प्रयोग गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार