बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश गण्डकी प्रदेश

धवलागिरिमा १३ जलविद्युत आयोजना निर्माण हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
धवलागिरिमा १३ जलविद्युत आयोजना निर्माण हुँदै
म्याग्दी, फागुन १४ :

जिल्लाको धवलागिरि गाउँपालिकामा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताको १३ वटा जलविद्युत् आयोजना भित्रिएका छन् । 

विश्वको सातौँ अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना भित्रिएसँगै भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिकाको विकास हुने अपेक्षा गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ९० दशमलव पाँच मेगावाट क्षमताको दुई वटा आयोजना निर्माण सुरु भएका बताउँदै ७१ दशमलव पाँच मेगावाट क्षमताका दुई आयोजना निर्माण प्रक्रियामा रहेका जानकारी दिए । विद्युत् विकास विभागका अनुसार धवलागिरिको भूगोलमा थप ७६ दशमलव २३ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणको प्रक्रियामा छन् । 

भिरपहरा छिचोलेर बनाइएको आयोजनामार्फत सडक सञ्जाल विस्तार भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । रोजगारी र आयआर्जनका अवसर सिर्जना भएका छन्, स्थानीयको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सहयोग भएको अध्यक्ष पुनले बताए ।

दीर्घकालीन रूपमा आयोजनाबाट उत्पादित विद्युत् बिक्री भएका प्राप्त हुने रोयल्टी (सलामी दरस्तुर) बाट गाउँपालिकामा पूर्वाधार निर्माण गरी नागरिकको सेवासुविधामा परिचालन गर्न सकिने उनले बताए ।

गत भदौदेखि निर्माण सुरु भएको म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी- १ को १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।  

धवलागिरि गाउँपालिका- ४ खाम्लामा रहने बाँधमार्फत पाँच दशमलव सात सय किमी सुरुङबाट ल्याउने पानीलाई मालिका गाउँपालिका- ७ भारवाङमा बन्ने विद्युत्गृहमा एक सय ९६ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए ।

उनका अनुसार वि. सं २०८३ फागुन २१ गतेदेखि नियमित विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको यस आयोजनाको कुल लागत ११ अर्ब २३ करोड २७ लाख अनुमान गरिएको छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार