झापा, फागुन १५ :

दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको दोस्रो सेमिफाइनलमा आज झापा- ११ र भुटानको डागा युनाइटेड फुटबल क्लबबीच खेल हुँदैछ ।

यो खेल मेची रङ्गशालामा आज अपराह्न सुरु हुनेछ । 

प्रतियोगितामा झापा- ११ ले चर्च ब्बाइज युनाइटेडलाई पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो । यसैगरी, विदेशी टोली डागा युनाइटेडले विभागीय टोली एपिएफलाई हराउँदै झापा- ११ सँगको भेट पक्का गरेको हो । 

यो खेलको विजेता टोलीले आयोजक भद्रपुर ब्लेजर्ससँग फाइनल खेल खेल्नेछ । गोल्डकपमा नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमको सहभागिता छ ।