बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार खेलकुद फुटबल

केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीसँग प्रधानमन्त्रीको भेट [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीसँग प्रधानमन्त्रीको भेट [तस्बिरसहित]
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, फागुन १५ :

प्रधानमन्त्री केपी ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज (बुधबार) भेटघाट भएको छ ।

भेटका अवसरमा केपी ओली कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख रुपैयाँ र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुई लाख रुपैयाँ हस्तान्तरण गरियो ।

भेटका अवसरमा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम राई, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी थिए ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ बाट सुरु भएको च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हेरौं थप तस्बिर :

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार