बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार प्रदेश लुम्बिनी प्रदेश

पाल्पामा सार्वजनिक बिदा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
पाल्पामा सार्वजनिक बिदा
पाल्पा, फागुन १६ :

मगर समुदायको बाहुल्यता रहेको जिल्लामा आज (बिहीबार) ४३ ‍औं राष्ट्रिय मगर एकता दिवस बिबिध कार्यक्रम आयोजना गरी मनाईँदैछ । पाल्पाको रामपुर माथागढी, तिनाउ, निस्दीलगायतका स्थानमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै छन् । यहाँका १० वटै स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् ।

जिल्लामा ५४ प्रतिशतभन्दा धेरै मगरको बसोबास रहेको छ । विसं २०३९ फागुन १५ गते नेपाल लाङ्घली परिवार सङ्घको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन सुरु गरेका हुन् । मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घ संस्थाले मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर सङ्घले जनाएको छ । पाल्पामा मगरी कला, संस्कृति निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदाय रमाउने गरेका छन् । पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि नेपाल मगर सङ्घ पाल्पाकी अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिए ।

नेपाल मगर सङ्घ केन्द्रीय समितिको मातहतमा अहिले सातवटै प्रदेशमा प्रदेश समिति, ७७ जिल्लामध्ये ६८ जिल्लामा जिल्ला समिति, सात सय ५३ स्थानीय तहमध्ये पाँच सय ३० गाउँपालिका-नगरपालिकामा स्थानीय तहमा समिति गठन भइसकेको छ । 

अहिले नेपाल मगर सङ्घमा विभिन्न क्षेत्रगत, पेसागत र थरगत संस्था आबद्ध भई क्रियाशील भइरहेका छन् । सङ्घले मगरलाई गोलबन्द गर्नका लागि जहाँ मगर त्यहाँ मगर सङ्घ, जहाँ मगर सङ्घ त्यहाँ मगरात स्वायत्तता भन्ने साङ्गठनिक नारा बनाएर साङ्गठनिक अभियान बनाएर अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार