काठमाडौं, फागुन १६ :

नेपाली महिला राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गरेकी छन्। चार दे‍शीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप सकेर उनी बिहीबार फ्रान्स प्रस्थान गरेकी हुन्।  

नेपालको प्रतिष्ठासँग जोडिएको च्याम्पियनसिपमा सहभागिता जनाउन मात्रै साम्बा नेपाल आएकी थिइन्। यद्यपि बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा म्यानमारसँग २-० गोलअन्तरले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो। नतिजामा नेपालले हार व्यहोरे पनि खेलमा भने नेपालीको मत जितेको थियो ।

उनले फाइनलमा पराजित हुँदा दु:ख लागे पनि धेरै कुरा सिकिएको बताइन्। खेलपछि बुधबार साँझ खेलाडी र प्रशिक्षकहरूको समूह बसेर कमजोरीबारे छलफल भएको उनले बताइन्। साथै उनले महिला फुटबलको विकासका लागि  टेक्निकल कोचको आवश्यक रहेको जनाइन्।