काठमाडौं, फागुन १६ :

नेपालकै पहिलो र एक मात्र भिट्रिफाइड टाइल ब्रान्ड लामिनार टाइल्सले अर्को कीर्तिमान कायम गर्दै देशकै पहिलो र एकमात्र फुल-बडी टाइल सिन्टो संग्रहलाई सार्वजनिक गरेको छ ।

लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै सिन्टो नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल-बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।

फुल-बडी टाइलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रङ र बनावटमा कुनै फरक पर्दैन । लामिनार टाइल्सको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण सिन्टो टाइलहरू उच्च आवात-जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटेल, अस्पताल, पार्किङ, सडकपेटीलगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

आईएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिलिमिटरसम्म मोटाइ भएका सिन्टो टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा निम्न गुणहरूमा उल्लेखनीय प्रदर्शन गरेका छन् । कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सिन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ ।

यस टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोधलगायत सबै परीक्षण पास गरेको छ । नेपाली उपभोक्ताका लागि अब घर वा कार्यालयका भर्‍याङका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायति, कहिल्यै नखुइलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकड सहितको सिन्टो टाइल उपलब्ध भएको छ ।

सिन्टो फुल-बडी संग्रहलाई नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरेका थिए । आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरू का लागि उत्तम विकल्प बनेको छ ।