शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो #नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो
समाचार कर्पोरेट कला

‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा साओमी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सरमा साओमी
काठमाडौं, फागुन १६ :

ग्लोबल टेक्नोलोजी लिडर साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट ‘सुशान्त केसी लाइभ इन नेपाल कन्सर्ट’ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ ।

यही चैत २५ गते शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना हुने विशेष कन्सर्टमा साओमीको सहभागिताले म्युजिक लभर्सहरूलाई थप उत्साहित बनाएको छ ।

त्यसैगरी साओमी नेपालले हालै लोकप्रिय गायक सुशान्त केसी र चर्चित अभिनेत्री आना शर्मालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा प्रस्तुत गरेको थियो । साओमीको इनोभेसन, सिर्जनशीलता र समुदायसँग नजिक हुने चाहनालाई प्राथमिकता दिदैँ कम्पनीले यो भव्य संगीत उत्सवलाई समर्थन गरेको बताएको छ ।

संगीत र प्रविधिलाई जोड्ने साझा विचारसहित बनेको साओमी र सुशान्त केसीको यो सहकार्य नेपाली दर्शकसँग अझ नजिकिन महत्त्वपूर्ण कदम साबित हुने विश्वास गरिएको छ । यस कन्सर्टले दर्शकहरूलाई अविस्मरणीय अनुभव दिनेछ जहाँ प्रत्यक्ष प्रस्तुतिहरू र साओमीका नयाँ प्रविधिहरू एकैसाथ झल्किनेछन् ।

साओमीले सबै संगितप्रेमीहरूलाई ‘सुशान्त केसी लाइभ इन नेपाल  कन्सर्ट’ मा सहभागी भई यो अद्भुत सहकार्यलाई समर्थन गर्न आमन्त्रण गर्छ । आगामी दिनमा साओमी नेपालले अझ रोमाञ्चक अनुभवहरू र प्रविधि-सम्बन्धित कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार