आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार

सरकारले गर्‍यो ७८ सहसचिवको सरुवा [सूचीसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
सरकारले गर्‍यो ७८ सहसचिवको सरुवा [सूचीसहित]
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौं, फागुन १६ :

सरकारले ७८ सहसचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवाको सूची भने आज (बिहीबार) सार्वजनिक गरेको हो ।

संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । यस्तै, संघीयकै दिलीपकुमार गौतमको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै संघीयकै युवराज अधिकारीको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको जिम्मेवारी तोकिएको छ ।

संघीयकै भविश्वर पाण्डे गृह मन्त्रालयमा सरुवा हुँदा चन्द्रबहादुर सिवाकोटीको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रायलमा सरुवा भएको छ । यस्तै संघीयकै जगदीश्वर उपाध्यायको भने गृह मन्त्रालयमा सरुवा भएको छ ।

बलराम रिज्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा हुँदा श्रम तथा यातायात मन्त्रालयका सुरेन्द्र पौड्याल पनि गृह मन्त्रालय सरुवा भएका छन् ।

सूचीमा हेरौं कुन सहसचिवको कहाँ सरुवा भएको छ :

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार